०४ असार २०८३, बिहीबार

नेपाललाई साहसिक मुलुकको अवार्ड

फागुन १५, २०७९
नेपाललाई साहसिक मुलुकको अवार्ड

मलेसियामा आरएनए मिडिया ग्रुपले गरेको स्वतन्त्र अध्ययनबाट नेपाल एशियामै साहसिक खेल गतिविधिमा ’प्रथम मुलुक’ घोषित भएको छ । सो ग्रुपले गरेको अध्ययनबाट प्राकृतिक सम्पदा, जलस्रोत र भौगोलिक विविधताले सम्पन्न नेपाल साहसिक खेलको सम्भावनाका दृष्टिले एशियाली मुलुकमध्ये ’शीर्ष दश’ भित्र पर्दै प्रथम मुलुक घोषित भएको हो । 

मलेशियाको राजधानी क्वालालम्पुरमा आयोजित समारोहमा मलेसियाका लागि नेपाली राजदुत डिल्लीराज पौडेलले अवार्ड ग्रहण गर्दै साहसिक खेलका लागि नेपालमा उपयुक्त स्थानहरु र अनुकुल मौसम रहेको बताए । साहसिक खेलका लागि आवश्यक पर्ने पूर्वाधारहरु प्राकृतिक रूपमै बनेको चर्चा गर्दै उनँले मौलिक कला, संस्कृति र सम्पदामा नेपाल पर्यटनको प्रशस्त सम्भावना बोकेको मुलुक रहेको उनले चर्चा गरे ।  

समारोहमा सञ्चारकर्मी, चलचित्र निर्माता, पर्यटन व्यवसायी, साहसिक खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्