१५ असार २०८३, सोमबार

श्रम सम्बन्ध सुधारको उपयुक्त विकल्प संवाद : उपाध्यक्ष संघई

फागुन १५, २०७९
श्रम सम्बन्ध सुधारको उपयुक्त विकल्प संवाद : उपाध्यक्ष संघई

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष रामचन्द्र संघईले श्रम सम्बन्ध सुधारका लागि सामाजिक संवाद निकै महत्वपूर्ण हुने बताएका छन् । आइतबार यहाँ महासंघ रोजगारदाता परिषद्को बैठक तथा अन्तरक्रिया कार्यक्रममा संघईले श्रमसम्बन्धी कुनै पनि विवादको शान्तिपूर्ण र वार्ताको माध्यमबाट समाधान खोज्नु पर्नेमा जोड दिए । समस्या समाधानको भरपर्दो तथा उपयुक्त विधि संवाद भएको उनले चर्चा गरे ।  

महासंघ रोजगार परिषद्को सभापति समेत रहेका संघईले ट्रेड युनियन र सरकारसँग निरन्तर सम्पर्कमा रही बन्द हडतालमा जाने स्थितिको अन्त्य गरिएको बताए । तुलनान्मक रुपमा श्रम विवादको संख्यामा कमी आए पनि श्रम सम्बन्ध भरपर्दाे हुन नसकेको संघईको भनाइ छ ।

प्रतिष्ठान स्तरमा स–साना कुरालाई लिएर विवाद सिर्जना गर्ने, अचानक गैरकानूनी रुपमा काम बन्द गर्ने, जवरजस्ती गर्ने प्रवृत्ति अझै पनि कायमै रहेको उनको बताए । आन्तरिक एवं बाह्य दुवै कारणले श्रम सम्बन्धमा नयाँ चुनौती थपिएको उनले बताए । सामाजिक दायित्व वहन गर्दै व्यवसायलाई निरन्तरता दिनुपर्ने वाध्यतामा उद्योगी व्यवसायी रहेको उनले चर्चा गरे । 

श्रम र उद्योगसम्बन्धी नीति निर्धारण गर्दा श्रम सम्बन्ध सुधार एवं श्रम विवाद न्यूनिकरणमा सधाउ पुग्नेतर्फ ध्यान दिन सरकारलाई उनले आग्रह गरे । उद्योगी व्यवसायी तथा श्रमिक दुवैको हित र स्वाभिमान कायम हुनेगरी बन्ने यस्ता नीति नियमहरूले लगानीको वातावरण तयार गर्न र उत्पादन बृद्धिमा सघाउ पुग्ने बताए ।  

salt training

कमेन्ट गर्नुहोस्