०५ साउन २०८३, मंगलबार

अन्तिम ओभरमा बनेन ४ रन, झर्‍यो ५ विकेट ! (भिडियो)

फागुन १५, २०७९
अन्तिम ओभरमा बनेन ४ रन, झर्‍यो ५ विकेट ! (भिडियो)

अस्ट्रेलियामा महिला क्रिकेटको घरेलु लीगमा अनौठो खेल परिणाम आएको छ । 

घरेलु शृंखलाको फाइनलमा साउथ अस्ट्रेलिया र तास्मानियाको भिडन्त थियो । शनिवार होबार्टको बेलेरिभ ओभल मैदानमा खेल भइरहेको थियो । 

अन्ति ओभरमा साउथ अस्ट्रेलियालाई चार रन आवश्यक थियो । उससँग पाँच विकेट पनि बाँकी थियो । 

तर उसका सबै विकेट खसे अनि तास्मानिया एक रनले खेल जित्न सफल भयो । 

तास्मानियाकी बलर साराह कोयटेले अन्तिम ओभरमा तीन विकेट लिइन् र दुईजना खेलाडी रनआउट भए । 

तास्मानियाले यस म्याचमा पहिले ब्याटिङ गर्दै ५० ओभरमा सबै विकेट गुमाएर २६४ रन बनाएको थियो । वर्षाका कारण दोस्रो इनिङमा तीन ओभर घटाइएको थियो । 

त्यसपछि साउथ अस्ट्रेलियालाई जीतका लागि ४७ ओभरमा २४२ रनको लक्ष्य दिइएको थियो । उसले २४१ रन मात्र बनाउन सक्यो । 
 

salt training

कमेन्ट गर्नुहोस्