०९ साउन २०८३, शनिबार

गायक किशोर कुमारको बायोपिकमा देखिने भए रणवीर कपुर

फागुन १५, २०७९
गायक किशोर कुमारको बायोपिकमा देखिने भए रणवीर कपुर

बलिउड अभिनेता रणवीर कपुर भारतका मसहुर गायक किशोर कुमारको बायोपिकमा देखिने भएका छन्। 

हालै रणवीरले आफ्नो आगामी फिल्म ‘तू झुठी मै मक्कर’ को प्रमोशनल इभेन्टमा यो खबरको पुष्टि गरेका हुन् । 

यस क्रममा रणवीरले भने, ‘म किशोर कुमारको बायोपिकको हिस्सा हुँ र विगत ११ वर्षदेखि यसमा काम गरिरहेको छु । अनुराग बसुले कथा लेख्दैछन् ।'

अघिल्लो वर्ष एक अन्तर्वार्तामा किशोर कुमारका छोरा अमित कुमारले पनि यसबारे खुलाएका थिए। 

आफूहरूले नै फिल्म बनाउने तयारी गरिरहेको अमितकुमारले बताएका छन्। 

किशोर कुमार भारतीय संगीत जगतमा सर्वाधिक चर्चित गायक मानिन्छन्। 

उनले हिन्दी, बंगाली, असमिया, गुजराती, भोजपुरी, कन्नड, मलयालम र उर्दूमा गीत गाएका थिए।

किशोरको जन्म ४ अगस्ट १९२९ मा मध्य प्रदेशको खाण्डवामा भएको थियो भने १९८७ को अक्टोबरमा उनको निधन भएको थियो। 

salt training

कमेन्ट गर्नुहोस्