२१ असार २०८३, आइतबार
सन्दीप लामिछानेलाई राहत

सन्दीपलाई विदेश जान दिन सर्वोच्चको अनुमति

फागुन १५, २०७९
सन्दीपलाई विदेश जान दिन सर्वोच्चको अनुमति

क्रिकेटर सन्दीप लामिछानेलाई अदालतले विदेश जाने अनुमति दिएको छ। 

सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुँडालको संयुक्त इजलासले सोमवार सन्दीपलाई  विदेशमा खेल्न जान अनुमति दिएको हो। 

आईसीसी विश्वकप लिग-२ को यूएईमा भइरहेको क्रिकेट प्रतियोगितमा खेल्न नेपाल क्रिकेट टोलीको सदस्यको रूपमा जान अनुमति पाऊँ भन्दै लामिछानेले दिएको निवेदनमा सर्वोच्च अदालतले यस्तो आदेश दिएको हो। 

यसअघि धरौटीमा छाड्ने पाटन उच्च अदालतको आदेशविरुद्ध सरकारी पक्षले पुनरावेदन गरेको थियो ।

सन्दीपले पनि विदेश जान लगाइएको प्रतिबन्ध फुकुवाको मागसहित पुनरावेदन गरेका थिए । सर्वोच्चले दुवै मुद्दा एकै ठाउँमा राखेर सुनुवाइ गरेको थियो ।

उनीमाथि बलात्कार अभियोग लागेको छ। उक्त मुद्दा अहिले पनि काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ। लामिछाने नेपाली क्रिकेट टिमका पूर्वकप्तान तथा हाल सदस्य हुन्।

कमेन्ट गर्नुहोस्