
क्रिकेटर सन्दीप लामिछानेलाई अदालतले विदेश जाने अनुमति दिएको छ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुँडालको संयुक्त इजलासले सोमवार सन्दीपलाई विदेशमा खेल्न जान अनुमति दिएको हो।
क्रिकेटर सन्दीप लामिछानेलाई अन्तराष्ट्रिय क्रिकेट खेल्न विदेश जाँदा बाटोको म्याद बाहेक १५ दिनभित्र सम्बन्धित अदालतमा उपस्थित हुनुपर्ने शर्त निर्धारण गरिएको छ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले उनलाई नेपाली टोलीको तर्फबाट अन्तर्राष्ट्रिय क्रिकेट खेल्न जान दिनका लागि शर्तसहित अनुमति दिएको हो।
यसअघि उच्च अदालत पाटनले दिएको आदेशमा उल्लेख गरिएको शर्तसमेत उनले परिपालन गरेको हुँदा उनलाई विदेश जान दिन अनुमति दिइएको सर्वोच्चको आदेशमा उल्लेख छ।
जुन साधनले (हवाई जहाज) लामिछाने क्रिकेट खेल्न विदेश जाने हो सोही साधनले बाटोको म्यादबाहेक १५ दिनभित्र यदि उनी फर्किएनन् भने उनले पाएको सबै सुविधा खारेज हुनेसमेत आदेशमा उल्लेख गरिएको छ।