
काठमाडौं, ९ भदौ — लाइभ टीभी रिपोर्टर वा एंकरले गल्ती गर्दा मानिसहरूले खुबै मजाक उडाउँछन् । उनीहरूको गल्ती नभएपनि व्यंग्यको तारो बन्ने स्थिति आउँछ र भिडियो भाइरल हुन्छ ।

यस्तै एउटा घटना अमेरिकाको लस एन्जेलसमा भएको छ । मेरी बेथ मक्डेड नामक रिपोर्टर केटीएलए न्युजकी रिपोर्टर हुन् । उनी टीभीमा लाइभ कार्यक्रम देखाउन खोज्दै थिइन् । तर प्रसारणको केही सेकेन्ड पहिले एउटा साङ्लो उनीमाथि खसेपछि उनी चिच्याउन थालिन् ।
त्यसै बेलामा एक सहकर्मी पनि मेरीको मद्दत गर्न पुग्छन् र धेरै कोशिशपछि उनी साङ्लोलाई हटाउन सफल हुन्छिन् ।
भिडियोमा मेरी तर्सिएकी देखिन्छिन् । कक्रोचबाट छुटकारा पाएपछि भने उनी मजाले हाँस्न थालिन् ।
यो घटनाको भिडियो क्लिप मेरीका साथी मार्कस विल्सन स्मिथले पोस्ट गरेका हुन् ।
हेरौं भिडियो :
एजेन्सी