प्रदेश १ का प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश १ प्रदेश सभा बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुनआएका दुई वटा बिधेयक सोमबार प्रमाणीकरण गरेका छन् । ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरू सम्बन्धमा व्यवस्था गर्न जारी भएको अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको बिधेयक, २०७९’ उनले प्रमाणीकरण गरे ।
त्यस्तै, ‘केही प्रदेश ऐनलाई संशोधन गर्न जारी भएको अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको बिधेयक, २०७९’ लाई नेपाल संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेको उनको सचिवालयले जनाएको छ ।