२३ असार २०८३, मंगलबार

दुर्घटनामा बालकको मृत्यु

फागुन १६, २०७९
दुर्घटनामा बालकको मृत्यु

नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा गएराति ट्र्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । विनयी त्रिवेणी गाउँपालिका –४ देउराली–सर्दी भित्री सडकखण्डमा ट्र्याक्टर दुर्घटना हुँदा विनयी त्रिवेणी–४ का १३ वर्षीय बविन क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी सन्तोष पाठकले बताए । 

दक्षिणबाट उत्तरतर्फ जाँदैगरेको लु ४ त ३०४६ नम्बरको ट्र्याक्टर आफैँ अनियन्त्रित भई सडक छेउमा पल्टिदा तीन जना घाइते भएका थिए । क्षेत्रीको उपचारका क्रममा मध्यविन्दु जिल्ला अस्पताल डण्डामा मृत्यु भएको हो । दुर्घटनामा परी घाइते भएका थप दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको सूचना अधिकारी पाठकले बताए । रासस

salt training

कमेन्ट गर्नुहोस्