१५ असार २०८३, सोमबार

डायलायसिस सेवा लिन पालो पर्खिँदै विरामी

फागुन १६, २०७९
डायलायसिस सेवा लिन पालो पर्खिँदै विरामी

तनहुँको सदरमुकामस्थित दमौली अस्पतालमा मिर्गौला उपचार केन्द्र सञ्चालनमा छ । राष्ट्रिय मिर्गौला उपचार केन्द्रमार्फत नौ वर्षदेखि सञ्चालित उक्त मिर्गौला केन्द्रमा हाल ५० जना पीडितले डायलायसिस सेवा लिइरहेका छन् । 

तर अझै ३० मिर्गौला पीडित डायलायसिसका लागि पालो पर्खिँदै छन् । तनहुँका विभिन्न ठाउँका मिर्गौलापीडितले मिर्गौला उपचार केन्द्रमा डायलायसिसका लागि नाम टिपाएर पालो पर्खिरहेका छन् । नियमितरूपमा डायलायसिस गराउनुपर्ने उनीहरूले हाल पोखरामा डायलायसिस गरिरहेका छन् । 

आफ्नै गृहजिल्लामा डायलायसिस सेवा लिनका लागि उनीहरू नाम टिपाएर कुरिरहेको उपचार केन्द्रका प्रमुख शैलेन्द्र पण्डितले जानकारी दिए । “तीस जना तनहुँकै मिर्गौलापीडित अहिले बाहिरी जिल्लामा गएर डायलायसिस गराइरहनुभएको छ, यहीँ नै डायलायसिस गराउँदा उहाँहरूलाई सहज हुन्छ”, उनले भने, “तर अहिले डायलायसिसका लागि ठाउँ खाली छैन ।”

उपचार केन्द्रमा डायलायसिस गराइरहेका मिर्गौला पीडितले मिर्गौला प्रत्यारोपण वा अन्यत्रै स्थानान्तरण भएर गए मात्रै नयाँले मौका पाउने अवस्था रहेको उनले बताए । “ठाउँ खाली भएमात्रै नयाँलाई मौका दिने हो, कि उहाँहरूले मिर्गौला प्रत्यारोपण गर्नुप¥यो कि अन्यत्रै जिल्लामा स्थानान्तरण भएर जानुप¥यो”, उनले भने, “ठाउँ खाली भएपछि नाम दर्ता गरेकाहरूलाई यहाँ डायलायसिसको व्यवस्था मिलाउँछौँ ।”

नेपाल सरकारको नीतिबमोजिम उपचार केन्द्र औपचारिक रूपमा दमौली अस्पताललाई हस्तान्तरण गरिसकिएको भए तापनि हाल सोही केन्द्रले दमौली अस्पताल सूचीकृत नभएसम्मका लागि सञ्चालन गरिरहेको छ । हाल आठ मेसिनमार्फत ५० बिरामीले डायलायसिस सेवा लिइरहेका छन् । दमौली अस्पतालले आगामी दिनमा डायलायसिस केन्द्र सञ्चालन गरे तापनि शत्रुधन मन्जु डायलायसिस उपचार केन्द्रको रूपमा नै सञ्चालन हुने प्रतिबद्धता जनाएको छ । 

विसं २०७२ मङ्सिर ३ गते अस्पतालमा डायलायसिस युनिट सञ्चालनमा आएको थियो । उक्त युनिट गत कात्तिक २४ गते दमौली अस्पताललाई हस्तान्तरण गरिसकिएको छ । युनिटमा हालसम्म दुई सय २८ ले डायलायसिस सेवा लिएका छन् । केन्द्रमा तनहुँका अतिरिक्त छिमेकी जिल्लाका मिर्गौलापीडितले पनि डायलायसिस सेवा लिइरहेका छन् । लमजुङ, गोरखा, स्याङ्जा, कास्की जिल्लाका मिर्गौला पीडितले केन्द्रबाट नियमितरूपमा डायलायसिस सेवा लिइरहेको जनाइएको छ ।

हेल्थ केयर फाउण्डेशन अफ नेपालले दमौली अस्पतालमा डायलायसिस केन्द्र स्थापना गरेको थियो । केन्द्रका लागि मन्जु उपाध्यायले आफ्ना  पति शत्रुधन उपाध्यायको स्मृतिमा शुरुमा रु एक करोड सहयोग गर्नुभएको थियो भनेपछि उपकरण थप गर्नका लागि रु २५ लाख सहयोग गरेका थिए । केन्द्रमा शुरुमा रु एक करोड २० लाखको लागतमा छ वटा डायलायसिस उपकरण जडान गरिएको थियो । पछि दुईवटा उपकरण थप गरेपछि केन्द्रमा हाल आठ वटा डायलायसिस उपकरण रहेको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्