०५ साउन २०८३, मंगलबार

यू- १९ विश्वकप छनोट : मलेसियाविरुद्ध नेपाल १० विकेटले विजयी

फागुन १६, २०७९
यू- १९ विश्वकप छनोट : मलेसियाविरुद्ध नेपाल १० विकेटले विजयी
फाइल फोटो

आईसीसी यू-१९ विश्वकप छनोट क्रिकेट प्रतियोगितामा नेपालले मलेसियाविरुद्ध शानदार जीत दर्ता गरेको छ । नेपालको यो लगातार चौथो जीत हो ।

यूएईको मलेक क्रिकेट स्टेडियम अज्मानमा मंगलवार भएको खेलमा नेपाली युवा टोलीले मलेसिया यू-१९ लाई १० विकेटले पराजित गरेको हो ।

मलेसियाले दिएको ७३ रनको चुनौती नेपालले ९ ओभरमा विना विकेटको क्षतिमा पूरा गर्‍यो । यसक्रममा दीपक बोहराले ३८ र अर्जुन कुमालले २१ रन जोडे ।

यसअघि पहिले ब्याटिङ गरेको मलेसिया ७२ रनमा अलआउट भएको थियो । उसलाई सस्तैमा समेट्ने क्रममा दिपेश कंडेलले ४, आकाश चन्दले ३, मिलन बोहराले २ तथा सुवास भण्डारीले एक विकेट लिएका थिए ।

प्रतियोगितामा नेपालले यसअघि सिंगापुर, कुवेत र हङकङलाई पराजित गरिसकेको छ भने यूएईसँग खेल्न बाँकी छ । यूएई पनि नेपालजस्तै अपराजित छ ।

salt training

कमेन्ट गर्नुहोस्