१२ असार २०८३, शुक्रबार

भारतमा भोलिबाट शुरू हुने एक बैठकमा चिनियाँ परराष्ट्रमन्त्री सहभागी हुने

फागुन १६, २०७९
भारतमा भोलिबाट शुरू हुने एक बैठकमा चिनियाँ परराष्ट्रमन्त्री सहभागी हुने

भारतमा बुधवार र बिहीवार हुने जी२० मुलुकका परराष्ट्रमन्त्रीहरूको बैठकमा चीनका परराष्ट्रमन्त्री छिङ काङ पनि सहभागी हुने भएका छन् ।

सन् २०१९ को डिसेम्बर महिनापछि चीनबाट हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो । 

गत साता मात्र भारतका एक शीर्ष अधिकारीले तीन वर्षमा पहिलोपटक चीनको भ्रमण गरेका थिए । 

भारतको विदेश मन्त्रालयमा सहसचिव (पूर्वी एसिया) शिल्पक आम्बुलेले बेइजिङमा वरिष्ठ चिनियाँ अधिकारीहरूसँग कुराकानी गरेका थिए । उनले चीनकी उपविदेशमन्त्री ह्वा चुनयिङसँग पनि भेटघाट गरेका थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्