०५ साउन २०८३, मंगलबार

राष्ट्रपति निर्वाचन : अन्तिम नामावली प्रकाशन

फागुन १६, २०७९
राष्ट्रपति निर्वाचन : अन्तिम नामावली प्रकाशन

फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि अन्तिम नामावली प्रकाशन गरिएको छ । निर्वाचन अधिकृतको कार्यालयले मंगलबार साँझ अन्तिम नामावली प्रकाशित गरेको हो । 
जसअनुसार शनिबार उम्मेदवारी दर्ता गराएका रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङको नामावली कायम भएको छ । 

राष्ट्रपति तथा उपराष्ट्रपतिका निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा २३ बमोजिम अन्तिम नामावली प्रकाशित गरिएको निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जनकारी दिए । नामावलीअनुसार वर्णानुक्रमको पहिलो नम्बरमा रामचन्द्र पौडेलको नाम छ । 
 

salt training

कमेन्ट गर्नुहोस्