१९ असार २०८३, शुक्रबार

भूकम्पपछि ४० हजारभन्दा बढी सिरियाली शरणार्थी टर्किएबाट फर्किए

फागुन १६, २०७९
भूकम्पपछि ४० हजारभन्दा बढी सिरियाली शरणार्थी टर्किएबाट फर्किए

टर्किएका रहेका झन्डै ४२ हजार सिरियाली शरणार्थीहरू शक्तिशाली भूकम्पपछि स्वेच्छाले स्वदेश फर्किएको टर्किएका रक्षामन्त्री हुलुसी अकारले मङ्गलबार जानकारी दिएका छन् । 

यही फेब्रुअरी ६ मा गएको विनाशकारी भूकम्पबाट प्रभावित र दक्षिणी टर्किएमा “आफ्ना घर, बालबालिका र आफन्त गुमाएका” सिरियालीहरू स्वदेश फर्किरहेको दक्षिणी हाते प्रान्तमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री हुलुसीले मङ्गलबार जानकारी दिए ।  

सन् २०११ मा गृहयुद्ध सुरु भएपछि आफ्नो देशबाट भागेका लगभग ३५ लाख सिरियाली शरणार्थीहरू टर्किएमा रहेका छन् । लगभग आधा शरणार्थीहरूले विनाशकारी भूकम्पबाट प्रभावित दक्षिणी टर्किएमा शरण लिएका छन् ।

फेब्रुअरी ६ मा टर्किएको दक्षिणी प्रान्त कहरामनमारासमा गएको ७.७ र ७.६ म्याग्निच्युडको भूकम्पपछि टर्किए र सिरियामा ४६ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्