१२ साउन २०८३, मंगलबार

आजदेखि निर्वाचन आचारसंहिता लागू, कसलाई लाग्छ कसलाई लाग्दैन ?

फागुन १७, २०७९
आजदेखि निर्वाचन आचारसंहिता लागू, कसलाई लाग्छ कसलाई लाग्दैन ?

निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि आज बुधबारदेखि निर्वाचन आचारसंहिता लागू गरेको छ । आयोगका अनुसार यो आगामी चैत ५ गतेसम्म कायम रहने छ । 

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार फागुन २५ गते राष्ट्रपतिको निर्वाचन र आगामी चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन तय भएकाले आजदेखि यो निर्वाचन आचारसंहिता लागू गरिएको हो । उनका अनुसार यो आचारसंहिता नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संघ, प्रदेश र स्थानीय तहका कर्मचारीलाई यो लागू हुनेछ ।

सोहीअनुसार सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय तथा कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भातृ संगठन, उम्मेदवार तथा उम्मेदवारका प्रतिनिधि, राजनीतिक दल तथा उम्मेदवारको मतदान एवम् मतगणना प्रतिनिधि, सार्वजनिक पद धारण गरेको व्यक्ति, सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी र मतदातामा यो आचारसंहिता लागू हुने प्रवक्ता पौडेलले बताए । 

salt training

कमेन्ट गर्नुहोस्