०५ साउन २०८३, मंगलबार
'कोशी'मा सहमत

प्रदेश १ को नाम 'कोशी' राख्न एमालेको प्रस्ताव, कांग्रेसको समर्थन

फागुन १७, २०७९
प्रदेश १ को नाम 'कोशी' राख्न एमालेको प्रस्ताव, कांग्रेसको समर्थन

नेकपा एमालेले प्रदेश १ को नामकरणका लागि 'कोशी' नाम प्रस्ताव गरेको छ। 

बुधबार एमाले प्रदेश १ संसदीय दलले प्रदेशको नाम 'कोसी' राख्न प्रस्ताव पेस गरेको हो ।

एमाले सांसद रामबहादुर मगर प्रस्तावक र नेपाली कांग्रेसका भूमिप्रसाद राजवंशी समर्थक बसेर 'कोशी' प्रदेश नाम राख्न प्रस्ताव दर्ता गरेका छन् ।

नामकरणका लागि प्रस्ताव दर्ता गराउन प्रदेश १ सचिवालयले दलहरूलाई आज बुधबार दिउँसोसम्म समय दिएको छ। 

यता नेकपा एकीकृत समाजवादी र जसपा बहुपहिचानका पक्षमा उभिने भएका छन् । उनीहरूले 'किरात', लिम्बुवान्', 'सगरमाथा' नाम दर्ता गराएका छन् ।

प्रस्तावकमा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राई र प्रस्तावकमा जसपाकी निर्मला लिम्बू र समाजवादीकै कमल जबेगु छन् ।

नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सासद प्रदेशसभा छन्। 

नेपाली कांग्रेस पनि प्रदेशको नाम 'कोशी' राख्न सहमत भइसकेको छ। 

salt training

कमेन्ट गर्नुहोस्