१९ असार २०८३, शुक्रबार

बढेर आयो खाना पकाउने ग्यासको मूल्य

फागुन १७, २०७९
बढेर आयो खाना पकाउने ग्यासको मूल्य

इडियन आयल कर्पोरेसनले नेपाल आयल निगमलाई ग्यासबाहेक इन्धनको मूल्य घटाएर पठाएको छ भने ग्यासको मूल्य भने बढेर आएको छ ।

आयल निगमका अनुसार भारतले पठाएको पछिल्लो मूल्यसूचीअनुसार पेट्रोलमा १.२१ रुपैयाँ, डिजेलमा ५ रुपैयाँ, मट्टीतेलमा ३ रुपैयाँ र हवाई इन्धनमा ७ रुपैयाँ घटेर आएको छ ।

नेपाल आयल निगमले प्राप्त गरेको मूल्य सूची अनुसार ग्यासमा भने प्रतिसिलिण्डर नै ३३९ रुपैयाँले बढेर आएको छ ।

पछिल्लो मूल्यसूचीअनुसार १५ दिनमै ९३ करोड रुपैयाँ घाटा हुने आयल निमगले बताएको छ। 

salt training

कमेन्ट गर्नुहोस्