०३ साउन २०८३, आइतबार

सर्वोच्चको आदेश - हिरासतमा लिइएका सैन्य अधिकारीहरूलाई ३ दिनभित्र उपस्थित गराउनू

फागुन १७, २०७९
सर्वोच्चको आदेश - हिरासतमा लिइएका सैन्य अधिकारीहरूलाई ३ दिनभित्र उपस्थित गराउनू

नेपाली सेनाले हिरासतमा लिएका दुई वरिष्ठ सैन्य अधिकारीहरूलाई अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ।

सैनिक हिरासतमा रहेका कर्णेल महेन्द्रजंग शाह र लेफ्टिनेन्ट कुलदीप तिमिल्सिनालाई सैनिक प्रहरीले दुई दिनअघि हिरासतमा लिएको थियो।

शाहकी पत्नी शोभा कार्कीले दिएको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश हरि फुँयालको एकल इजलासले तीन दिनभित्र उनीहरूलाई अदालतमा उपस्थित गराउन नेपाली सैनिकलाई आदेश दिएको हो।

उनीहरूसँगै उनीहरूमाथि लगाइएका आरोपका सबै फाइलहरू ल्याउन पनि अदालतले आदेश दिएको छ।

सेनाले उनीहरू दुवैलाई आर्थिक अनियमितताको आरोप लगाएको छ।

तर सर्वोच्वमा परेको रिट अनुसार उनीहरूमाथि ‘सैनिक विद्रोह’को आरोप छ।

यसअघि यस्तै एउटा आरोपमा सेनाका जनरल प्रेम शाहीलाई सेनाले दुई महिनादेखि हिरासतमा राखिरहेको छ। उनको बारेमा समेत सेनाले परिवारलाई कुनै जानकारी दिएको छैन। 

सैन्य स्रोतका अनुसार जनरल शाहीलाई सघाएको आरोपमा यी दुई अधिकृतहरूलाई पनि सेनाले हिरासतमा राखेको हो।
 

salt training

कमेन्ट गर्नुहोस्