११ असार २०८३, बिहीबार

प्रतिबन्धित लागूऔषधसहित दुई पक्राउ

फागुन १८, २०७९
प्रतिबन्धित लागूऔषधसहित दुई पक्राउ

झापा प्रहरीले प्रतिवन्धित लागूऔषधसहित बुधबार दुई जनालाई पक्राउ गरेको छ । झापा प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी खगेन्द्रप्रसाद रिजालका अनुसार शंकास्पद दुई व्यक्ति पक्राउ परेका हुन् । 

उनका अनुसार साँझ ७ः२० बजेको समयमा लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले झापाको बिर्तामोड नगरपालिका वडा ४ पश्चिम स्टेनबाट दुई जनालाई पक्राउ गरेको छ ।

शंकास्पद अवस्थामा बसिरहेको जिल्ला सप्तरी राजबिराज नगरपालिका वडा ७ बस्ने अन्दाजी बर्ष ३५ को महमद नसिम र सिराहा सखुवानकर्कटी गाउँपालिका २ बस्ने अन्दाजी बर्ष २० को शिबशंकर यादव पक्राउ परेका हुन् । 

शंका लागी चेकजाँच गर्दा उनीहरुको साथबाट प्रतिवन्धित लागूऔषध खैरो हिरोइनजस्तो देखिने लिसाइलो पदार्थ १२ ग्राम फेला परेकाले उनीहरुलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय अनारमनिमा राखी अनुसन्धान भइरहेको रिजालले बताए । 

salt training

कमेन्ट गर्नुहोस्