११ असार २०८३, बिहीबार

सालकको खपटासहित दुई पक्राउ

फागुन १८, २०७९
सालकको खपटासहित दुई पक्राउ

धुनिवेशी नगरपालिका–६ नौविसेबाट सालकको खपटा ५ किलो ३ ग्राम र जिउँदो हुचिलसहित एक जना पक्राउ परेका छन् । प्रहरीका अनुसार थाक्रे गाउँपालिका–५ नयाँगाउँ बस्ने ४७ वर्षीय बिनोद लामासहित दुई जना पक्राउ परेका हुन् ।  

विशेष सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो र ईलाका प्रहरी कार्यालय खानीखोला धादिङबाट खटिएको प्रहरीले हाप्सेचौरबाट नौविसेतर्फ आउँदैगरेका उनीहरूलाई बोराभित्र लुकाई ल्याएको खपटा र कार्टुनभित्र लुकाई ल्याएको हुचिलसहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ । त्यसबारे थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्