१२ साउन २०८३, मंगलबार

आठ दलीय सांसदहरुको अभिमुखीकरण कार्यक्रम आज हुँदै

फागुन १८, २०७९
आठ दलीय सांसदहरुको अभिमुखीकरण कार्यक्रम आज हुँदै

सरकारलाई समर्थन गरेका आठ दलीय गठबन्धन दलका संघीय सांसदहरुका लागि आज अभिमुखीकरण कार्यक्रम हुनेभएको छ । गठबन्धन दल नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीसहितका सांसदहरुका लागि राष्ट्रपति निर्वाचनलाई लक्षित गर्दै अभिमुखीकरण कार्यक्रम गर्न लागिएको हो । 

आज दिउँसो १ बजे हुने कार्यक्रममा राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्यहरूलाई उपस्थितिका लागि बोलाइएको छ । कार्यक्रममा आठ दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

नयाँ बानेश्वर तीनकुनेस्थित रोयल ब्यांक्वेटमा कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीका सांसदहरू अभिमुखीकरण कार्यक्रममा सहभागी हुँदैछन् । 

राष्ट्रपति निर्वाचनमा आठ दलीय गठबन्धनबाट कांग्रेस नेता रामचन्द्र पौडेल साझा उम्मेदवार छन् । 

नेकपा एमालेले पूर्व सभामुख सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाएको छ । फागुन २५ गते राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदैछ । संघीय संसदमा हाल कायम रहेका ३३२ र प्रदेशसभाका ५५० गरी कुल ८८२ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्