०७ असार २०८३, आइतबार

धनगढीका व्यवसायीले आज बैंकमा पैसा जम्मा नगरेर विरोध जनाउने

फागुन १८, २०७९
धनगढीका व्यवसायीले आज बैंकमा पैसा जम्मा नगरेर विरोध जनाउने

बैंकले पछिल्लो समय बढाएको चर्को व्याजदरविरुद्ध आन्दोलनरत कैलालीका व्यवसायीले आज बैंककमा पैसा जम्मा नगरेर नयाँ शैलीको विरोध गर्ने भएका छन् । बढाएको व्याजदर फिर्ता लिन दबाबस्वरुप व्यवसायीले एक दिन नगद जम्मा नगरी विरोध जनाउन लागेको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले बताए । 

बैंकले ब्याजदरमा चर्को मूल्य बढाएपछि व्यवसायबाट पलायन हुने अवस्था आएको भन्दै केही दिनदेखि व्यवसायी आन्दोलननमा उत्रेका छन् । उनीहरु दैनिक दुई घण्टा व्यापार बन्द गरेर आन्दोलन गर्दैआएका छन् । 

हिजो बुधबार व्यवसायीले ब्याजदर फिर्ता हुनुपर्ने माग गर्दै धनगढीको नेपाल राष्ट्र बैंक अगाडि विरोध प्रदर्शन गरेका थिए । बैङ्क तथा वित्तीय संस्थाले एकैचोटी ब्याजदर बढाएर १७ प्रतिशसम्म बनाएपछि व्यवसायी आन्दोलित भएका छन् ।  

यसअघि मासिक सात देखि आठ प्रतिशत लिइँदै आएको ब्याजदर एकैचोटी बैंकहरुले आधाभन्दा बढी बढाएर १७ प्रतिशत बनाएपछि ऋाण तिर्न नसकिने भन्दै व्यवसायी आन्दोलनमा उत्रेका छन् । चर्को ब्याजले व्यवसाय धरासयी भएको उनीहरुको गुनासो छ । आफूहरुको माग सुनुवाई नभए आगामी चैत १ गतेदेखि थप कडा आन्दोलनका कार्यक्रम ल्याउने उनीहरुको चेतावनी छ । 

salt training

कमेन्ट गर्नुहोस्