
गैंडाकोट नगरपालिका –२ स्थित पुलको बाटोबाट अवैध रूपमा ल्याउँदैगरेको १ सय ४ बोरा युरिया र ७६ बोरा डिएपी मल बुधबार प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय गैडाकोटबाट खटिएको प्रहरीले लु.१ ख ७०२४ नम्बरको ट्रकलाई जाँच गर्नेक्रममा दुई सय बोरा चामलको बिल बनाई सो मल ल्याउँदैगरेको अवस्थामा बरामद गरी ट्रक चालकलाई समेत नियन्त्रणमा लिएको जनाएको छ ।
बरामद मल भन्सार कार्यालय त्रिवेणीमा बुझाइएको प्रहरीको भनाइ छ । त्यसबारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।