२३ असार २०८३, मंगलबार

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

फागुन १८, २०७९
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

दमक नगरपालिका २ डाकेनीस्थित सडकमा को १३ प  १२५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा चालक पाँचथर मिक्लाजुङ गाउँपालिका ५ बस्ने ३५ वर्षीय आशिष लिम्बुको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको आम्दा अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएका  मोटरसाइकलमा सवार १ जनालाई सोही अस्पताल हुँदै थप उपचारका लागि घोपा धरान अस्पताल पठाइएको छ । दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्