२४ जेठ २०८३, आइतबार
आईसीसी विश्वकप क्रिकेट लिग टु

नेपाल यूएईविरुद्ध टस जितेर फिल्डिङमा, सन्दीपको पुनरागमन

फागुन १८, २०७९
नेपाल यूएईविरुद्ध टस जितेर फिल्डिङमा, सन्दीपको पुनरागमन
फाइल फोटो

आईसीसी क्रिकेट विश्वकप लिग टुअन्तर्गत यूएईविरुद्धको खेलमा नेपालले टस जितेर घरेलु टोलीलाई ब्याटिङको निम्तो दिएको छ ।

लगातार छैटौंपटक टस जितेपछि कप्तान रोहित पौडेलले पहिले फिल्डिङ गर्ने निर्णय गरेका हुन् ।

नेपाली टीममा सन्दीप लामिछानेको पुनरागमन भएको छ । प्रतिश जिसीको ठाउँमा सन्दीपलाई स्थान दिइएको हो ।

विश्वकप क्वालिफायरमा सिधै छनोट हुन वा एकदिवसीय मान्यता कायम राख्न नेपालले बाँकी ७ मध्ये ६ खेल जित्नैपर्ने बाध्यता छ ।

यूएईमा यसअघि भएको पहिलो खेलमा नेपालले पीएनजीलाई पराजित गरेको थियो भने तुलनात्मकरूपमा बलियो मानिएको यूएई पीएनजीसँग पराजित भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्