![बद्री पंगेनी र रचना रिमालले गाए – पैसा सापटी दिएपछि बोलचाल हरायो... [भिडियो]](https://lktcdn2.prixacdn.net/media/Badri_rachana_MiBsy7w1Ld.jpg)
गायक बद्री पंगेनी र गायिका रचना रिमालको स्वरमा ‘पैसा सापटी’ बोलको गीत सार्वजनिक भएको छ ।
गायक पंगेनीको प्रस्तुतिमा रहेको गीतमा पैसा सापटी दिएपछि उत्पन्न हुने अवस्थालाई समेटिएको छ ।
मानिसहरूले समस्या देखाएर पैसा सापटी माग्ने तर पैसा लगेपछि तिर्न नखोज्ने, बरु बोलचाल र भेटघाट नै कम गर्ने प्रवृत्तिलाई पंगेनीले गीतमा समेटेका छन् ।
पैसा सापटी दिएपछि सम्बन्ध बिग्रिएको कुरा गीतमा गरिएको छ ।
बद्री पंगेनीकै शब्द एवं संगीत रचना रहेको गीतमा विश्वास नेपालले संगीत संयोजनको काम गरेका छन् । बद्री र रचनाले यसअघि ‘तिम्रो घरमा मेरी छोरी’ बोलको गीतमा सहकार्य गरेका थिए, जुन गीतलाई स्रोता दर्शकले रुचाएका थिए ।

गायक पंगेनीकै कथा एवं निर्देशनमा तयार भिडियोमा सागर लम्साल ‘बले’, अनु रेग्मी, नन्दा बस्याल, सन्तोस पौडेल ‘बटुक’ लगायतको अभिनय छ ।
राजेश घिमिरेको छायाँकन, मनोज कार्कीको सम्पादन रहेको भिडियो गायक पंगेनीले आफ्नै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् । बुधवार सार्वजनिक गीतले राम्रो भ्युज पाइरहेको छ भने प्रतिक्रियाहरु समेत राम्रो आएका छन् ।