
बीपीडब्लु लघुवित्त वित्तिय संस्था लिमिटेडले साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ ।
कम्पनीले बिहीवारदेखि सर्वसाधारणको लागि साधारण शेयरको बिक्री खुला गरेको हो ।
कम्पनीले प्रतिकित्ता १०० अंकित दरमा ८० हजार ९५० कित्ता साधारण शेयरको सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको सार्वजनिक आह्वान पत्रमा उल्लेख छ । निष्कासित शेयरमा सर्वसाधारण लगानीकर्ताले फागुन २३ गतेसम्म अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयबाट ‘सी आस्वा’ प्रणाली अनुसार तथा अनलाईनमार्फत ‘मेरो शेयर’ प्रयोग गरेर शेयर खरिदको आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रवद्र्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ भने कम्पनीलाई ईक्रा नेपालले ‘ईक्राएन्पी आईआर बीबी माइनस्’ प्रमाणपत्र प्रदान गरेको छ ।