०६ असार २०८३, शनिबार

सीजीले ल्यायो बिग सीजी डे योजना

फागुन १८, २०७९
सीजीले ल्यायो बिग सीजी डे योजना

चौधरी ग्रूपअन्तर्गत सीजी डिजिटल ईकमर्सले विगतमा जस्तै बिग सीजी डे २.३.२३ योजना ल्याएको छ ।

बिग सीजी डे योजना प्रत्येक वर्ष विशेष योजनाका रूपमा सीजी डिजिटल ईकमर्सले मनाउँदै आएको छ ।

योजनामा चौधरी ग्रूप अन्तर्गत रहेका विभिन्न प्रोडक्ट र सेवाहरू विशेष आकर्षक छुटमा मार्च ०३ देखि मार्च १० सम्म उपलब्ध हुनेछ ।

योजनामा निःशुल्क जडान, फ्री डेलिभरी, बम्पर लक्की ड्र, बैंक कार्ड छुट र सरल किस्ताबन्दी, अतिरिक्त छुट कुपन, पहिलो २३ जना ग्राहकलाई १२% सम्मको थप विशेष छुट जस्ता विशेष सुविधा र छुटहरू पनि उपलब्ध रहेका जनाइएको छ । 

बिग सीजी डे २.३.२३ मा सीजी ग्रूप अन्तर्गत सीजी इलेक्ट्रोनिक्स, सीजी फूड्स, सीजी नेट, सीजी हिल्स्, सीजी एजुकेसन, सीजी हस्पिटालिटीका विभिन्न प्रोडक्ट तथा सेवा सुविधामा विभिन्न अफर रहेका कम्पनीले जनाएको छ ।

बिग सीजीडे वेबसाइट सीजीडिजिटल डटकम डटएनपी अथवा सीजी डिजिटल एपमा लगइन गरी बिग सीजी डेको अफरको फाइदा ग्राहक वर्गले उठाउन सक्नेछन् ।

salt training

कमेन्ट गर्नुहोस्