भारतको पूर्वोत्तरमा रहेका राज्य त्रिपुरा र नागाल्यान्डको विधानसभामा भारतीय जनता पार्टीको बहुमत सुनिश्चित रहेको भारतीय सञ्चारमाध्यमहरूले खबर दिएका छन् ।
त्रिपुराको कुल ६० सीटमध्ये ३५ मा भाजपाको जीत तथा अग्रता छ । त्यहाँ कम्युनिस्ट पार्टी सीपीएमको १५ र टिप्रा मोठा पार्टीले ११ सीटमा जीत तथा अग्रता लिइरहेका छन् ।
उता नागाल्यान्डका ६० सीटमध्ये ४३ सीटको रुझान हेर्दा भाजपाले ४० सीटमा जीत तथा अग्रता हासिल गरेको छ । नागा पिपुल्स फ्रन्ट जम्मा तीन सीटमा अघि छ ।
मेघालयमा चाहिँ कसैको पनि बहुमत नआउने सम्भावना देखिएको छ । कुल ६० सटि रहेको विधानसभामा ४१ सीटको अग्रता तथा जीतको आँकडा आएको छ ।
नेसनल पिपुल्स पार्टीले २६ सीटमा जीत तथा अग्रता हासिल गरेको छ भने भाजपा, कांग्रेस र टीएमसीले ५–५ सीटमा अग्रता हासिल गरेका छन् ।