२३ जेठ २०८३, शनिबार

‘अहिलेसम्म बनेका प्रेमकथाका फिल्मभन्दा ‘प्रेमा’ फरक छ’

कथावस्तुले फिल्ममा लगानी गर्न आकर्षित गरेको निर्माता घिमिरेको भनाई​
फागुन १८, २०७९
‘अहिलेसम्म बनेका प्रेमकथाका फिल्मभन्दा ‘प्रेमा’ फरक छ’

त्रिकोणात्मक प्रेमकथामा निर्माण भएको फिल्म ‘प्रेमा’ आउँदो चैत १७ अर्थात मार्च ३१ बाट प्रदर्शनमा आउँदैछ ।

गोविन्द सिंह भण्डारी निर्देशित फिल्ममा सुवेक्षा खड्का, अरुण क्षेत्री र सृष्टि श्रेष्ठको मुख्य भूमिका छ ।

फिल्ममा गोविन्द र विवेक घिमिरेको लगानी छ । अमेरिकाको बोस्टन, मेसाच्युसेटमा बस्ने विवेक फिल्म ‘चिनी कम रङ कडा’का निर्देशक समेत हुन् । विवेक नेपालमा नेपाली कथा खोज्न मन पर्ने भएकाले ‘प्रेमा’मा लगानी गरेको बताउँछन् । ‘विदेशमा पनि नेपाली कथाहरू भेटिन्छन् । तर नेपालमा जस्तो नेपाली कथाहरू भेटिँदैन’ – उनी भन्छन् ।

सन् ८० र ९० को दशकबीचमा हुर्किएका विवेकको सम्झनामा त्यो समयमा मनोरञ्जनका लागि धेरै विकल्प थिएनन् । ‘बाल्यकालदेखि नै फिल्म हेरेर रमाउँथे । त्यही समयदेखि फिल्म निर्माण सम्बन्धी अध्ययन गर्छु भनेर प्रण लिएँ । जुन प्रणलाई डिग्रीमार्फत पुरा गरें’, विवेकको भनाइ छ ।

विवेक ‘प्रेमा’को नौलो स्क्रिप्टमा आफू तानिएको दाबी गर्छन् । उनले स्क्रिप्टपछि निर्देशक गोविन्दको काम गर्ने शैलीबाट आफू प्रभावित भएकाले पनि फिल्मसँग जोडिएको बताए । 

null

‘गोविन्दजी र मैले पहिला ‘चिनी कम रङ कडा’मा सहकार्य गरिसकेका थियौं । मलाई फिल्म निर्माणमा चासो पहिलादेखि नै थियो । मेरो अगाडि प्रेमाको स्क्रिप्ट आएपछि त्यसको कथावस्तुले लगानी गर्न आकर्षित गर्यो’, विवेकले भने । 

विवेकलाई सबै जनराका फिल्म मन पर्छ । त्यही कारण उनी एक्सन, प्रेमकथा, कलात्मक र साङ्गीतिक फिल्म हेर्न छुटाउँदैनन् । उनी राम्रो जनराको कन्सेप्टमा स्क्रिप्ट आउँदा लगानी गर्न उत्साहित हुन्छन् ।

विवेकका अनुसार उनले ‘प्रेमा’लाई अमेरिकासहित विश्व बजारमा रिलिजको तयारी गरिरहेका छन् । ‘हामीले यसका बारेमा योजना र रणनीति बनाइसकेका छौं’, उनी भन्छन् ।

विवेक ‘प्रेमा’को कास्टिङ क्रु, स्क्रिप्ट, प्राविधिकसँग सन्तुष्ट छन् । आफ्नो फिल्मको स्क्रिप्ट, कन्सेप्ट र छायाङ्कनसँगै निर्देशक गोविन्दको कामले पनि अहिलेसम्म बनेका प्रेमकथाका फिल्म भन्दा ‘प्रेमा’ फरक रहेको दाबी गर्छन् ।

उनले नेपाली फिल्म निर्माताले गुणस्तरीय फिल्ममा ध्यान दिन सके नेपाली फिल्मलाई विश्वबजारमा पु¥याउन कुनै समस्या नहुने बताए ।

उनको अनुभवमा पछिल्लो समय विशेषत गैर आवासीय नेपालीहरूले नेपाली फिल्मप्रति चासो देखाइ रहेकाले यसलाई फिल्मकर्मीले अवसरका रुपमा लिनुपर्ने सुझाव छ ।

salt training

कमेन्ट गर्नुहोस्