×

NMB BANK
NIC ASIA

‘अहिलेसम्म बनेका प्रेमकथाका फिल्मभन्दा ‘प्रेमा’ फरक छ’

कथावस्तुले फिल्ममा लगानी गर्न आकर्षित गरेको निर्माता घिमिरेको भनाई​

फागुन १८, २०७९

NTC
Premier Steels

त्रिकोणात्मक प्रेमकथामा निर्माण भएको फिल्म ‘प्रेमा’ आउँदो चैत १७ अर्थात मार्च ३१ बाट प्रदर्शनमा आउँदैछ ।

Muktinath Bank

गोविन्द सिंह भण्डारी निर्देशित फिल्ममा सुवेक्षा खड्का, अरुण क्षेत्री र सृष्टि श्रेष्ठको मुख्य भूमिका छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फिल्ममा गोविन्द र विवेक घिमिरेको लगानी छ । अमेरिकाको बोस्टन, मेसाच्युसेटमा बस्ने विवेक फिल्म ‘चिनी कम रङ कडा’का निर्देशक समेत हुन् । विवेक नेपालमा नेपाली कथा खोज्न मन पर्ने भएकाले ‘प्रेमा’मा लगानी गरेको बताउँछन् । ‘विदेशमा पनि नेपाली कथाहरू भेटिन्छन् । तर नेपालमा जस्तो नेपाली कथाहरू भेटिँदैन’ – उनी भन्छन् ।


Advertisment
Nabil box
Kumari

सन् ८० र ९० को दशकबीचमा हुर्किएका विवेकको सम्झनामा त्यो समयमा मनोरञ्जनका लागि धेरै विकल्प थिएनन् । ‘बाल्यकालदेखि नै फिल्म हेरेर रमाउँथे । त्यही समयदेखि फिल्म निर्माण सम्बन्धी अध्ययन गर्छु भनेर प्रण लिएँ । जुन प्रणलाई डिग्रीमार्फत पुरा गरें’, विवेकको भनाइ छ ।

Vianet communication

विवेक ‘प्रेमा’को नौलो स्क्रिप्टमा आफू तानिएको दाबी गर्छन् । उनले स्क्रिप्टपछि निर्देशक गोविन्दको काम गर्ने शैलीबाट आफू प्रभावित भएकाले पनि फिल्मसँग जोडिएको बताए । 

null

‘गोविन्दजी र मैले पहिला ‘चिनी कम रङ कडा’मा सहकार्य गरिसकेका थियौं । मलाई फिल्म निर्माणमा चासो पहिलादेखि नै थियो । मेरो अगाडि प्रेमाको स्क्रिप्ट आएपछि त्यसको कथावस्तुले लगानी गर्न आकर्षित गर्यो’, विवेकले भने । 

विवेकलाई सबै जनराका फिल्म मन पर्छ । त्यही कारण उनी एक्सन, प्रेमकथा, कलात्मक र साङ्गीतिक फिल्म हेर्न छुटाउँदैनन् । उनी राम्रो जनराको कन्सेप्टमा स्क्रिप्ट आउँदा लगानी गर्न उत्साहित हुन्छन् ।

विवेकका अनुसार उनले ‘प्रेमा’लाई अमेरिकासहित विश्व बजारमा रिलिजको तयारी गरिरहेका छन् । ‘हामीले यसका बारेमा योजना र रणनीति बनाइसकेका छौं’, उनी भन्छन् ।

विवेक ‘प्रेमा’को कास्टिङ क्रु, स्क्रिप्ट, प्राविधिकसँग सन्तुष्ट छन् । आफ्नो फिल्मको स्क्रिप्ट, कन्सेप्ट र छायाङ्कनसँगै निर्देशक गोविन्दको कामले पनि अहिलेसम्म बनेका प्रेमकथाका फिल्म भन्दा ‘प्रेमा’ फरक रहेको दाबी गर्छन् ।

उनले नेपाली फिल्म निर्माताले गुणस्तरीय फिल्ममा ध्यान दिन सके नेपाली फिल्मलाई विश्वबजारमा पु¥याउन कुनै समस्या नहुने बताए ।

उनको अनुभवमा पछिल्लो समय विशेषत गैर आवासीय नेपालीहरूले नेपाली फिल्मप्रति चासो देखाइ रहेकाले यसलाई फिल्मकर्मीले अवसरका रुपमा लिनुपर्ने सुझाव छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x