
रुस र युक्रेन युद्ध थप चर्किन लागेको बेलामा अमेरिकाले आफ्नो महाविनाशक आणविक हतियारयुक्त विमान युरोप पठाएको छ ।
गोप्य ई–६बी विमानलाई युरोपमा देखिएको छ । यस अत्याधुनिक विमानमार्फत अमेरिकाले संसारको जुनसुकै भागमा आणविक आक्रमणको आदेश दिन सक्छ ।
संसारमा अमेरिका र रुससँग मात्र यस्तो महाविनाशक विमान छ । यस विमानमार्फत आणविक आक्रमण गर्न सकिन्छ र यसमाथि आणविक आक्रमण भयो भने पनि बच्न सक्छ ।
यो विमान शीतयुद्धको बेलामा बनाइएको थियो ।
जर्मनीस्थित अमेरिकी कमान्डले ई–६बी मर्करी विमान आइसल्यान्डमा अवतरण गरेको तस्वीर सार्वजनिक गरेको छ ।
यो विमान जमीनबाट १२.८ किलोमिटर माथिसम्म उड्न सक्छ । यसको हतियारको दायरा ११ हजार ७६० किलोमिटर छ ।
आइसल्यान्डमा अमेरिकाका राजदूत तथा अज्ञात सैन्य तथा कूटनीतिकर्मीले विमानको चालक दलसँग भेटघाट गरेका छन् ।
यस विमानले आणविक हतियारहरू रहेको पनडुब्बीलाई पनि आणविक आक्रमण गर्नका लागि सन्देश पठाउन सक्छ ।
यसरी अमेरिकाले युरोपमा आणविक बम ल्याएर रुसलाई सन्देश दिन खोजेको छ । रुसले पनि आफ्नो आणविक हतियारलाई तयारी अवस्थामा राखेको छ ।