०१ साउन २०८३, शुक्रबार

अन्तर्राष्ट्रिय मुद्रा कोषले पाकिस्तानलाई ऋण नदिँदा मुद्रास्फीति भयानक

फागुन १८, २०७९
अन्तर्राष्ट्रिय मुद्रा कोषले पाकिस्तानलाई ऋण नदिँदा मुद्रास्फीति भयानक

अन्तर्राष्ट्रिय मुद्रा कोषले पाकिस्तानलाई चारवटा शर्त मानेमा मात्र ऋणको नयाँ किस्ता दिने बताएको छ । 

कोषको ऋण नपाउँदा पाकिस्तानी मुद्रा रुपैयाँ डलरको तुलनामा स्वाट्टै घटेको छ । बिहीवार पाकिस्तानी मुद्रा लगभग १९ रुपैयाँ घटेर एक डलर बराबर २८४.८५ रुपैयाँमा झरेको छ । 

पाकिस्तान सरकार र आईएमएफबीच ऋणको विषयमा रहेको मतभेदका कारण ऋण पाउन मुश्किल देखिएको छट । आईएमएफले आफूहरूलाई मगन्ते जस्तो व्यवहार गरिरहेको पाकिस्तानी अधिकारीहरूले आरोप लगाएका छन् । 

पाकिस्तान अहिले गम्भीर आर्थिक संकटमा फसेको छ । उसको विदेशी मुद्रा सञ्चिति जम्म तीन अर्ब डलर छ । यसले जम्मा तीन हप्तासम्म सामान आयात गर्न मिल्छ । 

यस्तो स्थितिमा आईएमएफको ऋण तत्कालै आवश्यक छ । यसबाट पाकिस्तानले १.२ अर्ब डलरको किस्ता पाउनृछ अनि साउदी अरब तथा यूएईबाट पाउने ऋणको बाटो पनि खुल्नेछ । 
 

salt training

कमेन्ट गर्नुहोस्