०९ साउन २०८३, शनिबार
आईसीसी विश्व क्रिकेट 'लिग टु'

यूएईविरुद्ध जीतका लागि नेपाललाई २०८ रनको लक्ष्य, सन्दीपले लिए ३ विकेट

फागुन १८, २०७९
यूएईविरुद्ध जीतका लागि नेपाललाई २०८ रनको लक्ष्य, सन्दीपले लिए ३ विकेट
फाइल फोटो

आईसीसी क्रिकेट विश्वकप लिग टुमा यूएईविरुद्ध जीतका लागि नेपालले २०८ रनको लक्ष्य पाएको छ । दुबईमा जारी खेलमा घरेलु टोलीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २०७ रन जोडेको हो ।

मध्यम स्कोर खडा गर्ने क्रममा यूएईका लागि आसिफ खानले ७२, रोहन मुस्ताफाले ५१, आर्यन लाक्राले २८, क्याप्टेन रिजवानले २२ तथा व्रित्या अरविन्दले १८ रन जोडे ।

नेपालका लागि सन्दीप लामिछानेले ३ तथा करण केसी, आरिफ शेख र कुशल मल्लले एक/एक विकेट लिए । यूएईका दुई ब्याट्सम्यान रनआउट भए ।

लीगको शीर्ष ३ मा पर्ने सम्भावना जीवित राख्न दुवै टोलीलाई यो खेल जित्नैपर्ने दबाब छ ।

जारी सिरिजमा नेपालले पहिलो खेलमा पीएनजीविरुद्ध जीत दर्ता गरेको थियो भने यूएई पराजित भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्