२५ असार २०८३, बिहीबार

रुस सीमाभित्र पसेका युक्रेनी विध्वंसकारीलाई मारिएको दाबी

फागुन १८, २०७९
रुस सीमाभित्र पसेका युक्रेनी विध्वंसकारीलाई मारिएको दाबी

रुसको ब्य्रान्स्क क्षेत्रमा रहेको क्लिमोव्स्की जिल्लास्थित सीमा पार गरेर आएका युक्रेनी विध्वंसकारीहरूलाई मारेको त्यहाँको राष्ट्रिय सुरक्षा निकाय एफएसबीले जनाएको छ । 

एफएसबी तथा रुसको रक्षा मन्त्रालयसँग जोडिएका सैन्यबलले सशस्त्र युक्रेनी राष्ट्रवादीहरूलाई मार्नका लागि कारवाही चलाएको एफएसबीले जनायो । 

ब्य्रान्स्क क्षेत्रका गभर्नर अलेक्जेन्डर बोगोमाजका अनुसार, युक्रेनी विध्वंसकारीहरूले गुडिरहेको एउटा कारमा गोली चलाएका थिए । त्यसले गर्दा एक स्थानीय मारिएको अनि १० वर्षका बालक घाइते भएको उनले बताए । बालकलाई अस्पताल लगिएको जानकारी पनि उनले दिए । 

कतिजना युक्रेनीहरू उक्त कारवाहीमा संलग्न थिए भनी उनले खुलाएनन् । 

salt training

कमेन्ट गर्नुहोस्