![यस्तो छ ‘नाइँ नभन्नु ल ६’को टिजर [भिडियो]](https://lktcdn2.prixacdn.net/media/Nai_Nabhannu_la_6_8l0lL6WLII.jpg)
चलचित्र ‘नाइँ नभन्नु ल ६’को टिजर सार्वजनिक गरिएको छ ।
बिहीवार सार्वजनिक १ मिनेट २५ सकेण्ड अवधिको टिजरमा चलचित्रका मुख्य कलाकारहरूलाई देखाइएको छ ।
डेब्यू अभिनेता आशिर्वाद क्षेत्री र अभिनेत्री आँचल शर्मालाई टिजरमा मुख्य स्थान दिइएको छ ।
डेब्युब्वाय आशिर्वादलाई लभर–एक्सन चरित्रको रुपमा स्थापित गर्न खोजिएको छ ।
अभिनेत्री केकी अधिकारी, प्रियंका कार्की, अभिनेता सरोज खनाल पनि टिजरमा अटाएका छन् ।
अभिनेता निखिल उप्रेती र अभिनेत्री संचिता लुइँटेलका छोरा अथर्व उप्रेती पनि टिजरमा देखिएका छन् । उनी यसै चलचित्रबाट अभिनयमा डेब्यू गर्न लागेका हुन् ।
विकासराज आचार्यको निर्देशन रहेको चलचित्र वैशाख १ गतेबाट प्रदर्शनमा आउँदैछ ।
चलचित्रको निर्माणमा आचार्यले विष्णुमणि दाहालसँग सहकार्य गरेका छन् । सञ्जय न्यौपाने, रमेश चौधरी र पुरुषोत्तम प्रधान चलचित्रको कार्यकारी निर्माताका रुपमा छन् ।
निर्देशक आचार्य, सामिप्यराज तिमिल्सिना र अरुणदेव जोशी मिलेर चलचित्रको कथा तयार पारेका हुन् ।
‘नाइँ नभन्नु ल’का यसअगाडिका पाँच वटै श्रृङ्खला सफल मानिन्छन् ।