०१ असार २०८३, सोमबार

कोदालो प्रहार गरी पत्नीको हत्या

फागुन १८, २०७९
कोदालो प्रहार गरी पत्नीको हत्या
प्रतिकात्मक तस्वीर

बागलुङमा पतिले पत्नीको हत्या गरेका छन् ।

जिल्लाको जैमिनी नगरपालिका–२ दमेकका ४५ वर्षीय केशव नेपालीले पत्नी ३६ वर्षीया राधा नेपालीको हत्या गरेका हुन् ।

घर छेउको बारीमा आलु खन्दै गरेकी राधाको पछाडिपट्टिबाट कोदालोले प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

कोदालो प्रहारबाट गम्भीर भएकी राधालाई धवलागिरि अस्पतालमा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । पत्नीलाई कोदालोले हानेपछि केशवले झुण्डिएर आत्महत्या गर्न खोजेको स्थानीयको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्