१२ साउन २०८३, मंगलबार

लोसपा सरकारमा सहभागी हुन्छ, मन्त्रालयको टुंगो लागेको छैन : भण्डारी

फागुन १८, २०७९
लोसपा सरकारमा सहभागी हुन्छ, मन्त्रालयको टुंगो लागेको छैन : भण्डारी

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता शरदसिंह भण्डारीले आफ्नो पार्टी अब सरकारमा सहभागी हुने बताएका छन् । पुष १० गतेभन्दा अगाडीको गठबन्धनको घटक भएकोले अब सरकारमा सहभागी हुने उनले बताए । 
राष्ट्रपति निर्वाचनका लागि आठदलीय गठबन्धनले आयोजना गरेको अभिमुखीकरण कार्यक्रमपछि पत्रकारहरुसंग कुरा गर्दै भण्डारीले सरकारमा सहभागी हुने बताएका हुन् । ‘हामी पुष १० गतेभन्दा पहिलेको गठबन्धनको घटक हौं। पाँच दलीय गठबन्धनमा हामी थियौँ र हामी निर्वाचनमा प्रि इलेक्शन अलायन्सको निर्वाचनमा हामी जनता बीचमा गठबन्धनको उम्मेदवार भएर गएका छौँ । त्यसो हुनाले हामी अहिले पनि त्यही गठबन्धनमा छौँ । त्यो गठबन्धनकै कारणले यो परिस्थिति सिर्जना भएको कारणले हामी स्वतः सरकारमा सहभागी हुन्छौँ ।’ 

सरकारमा सहभागी हुने तयारी रहेपनि मन्त्रालयको टुंगो नलागेको उनले बताए ।

 फागुन २५ गते हुने निर्वाचनमा लोसपाले राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई मतदान गर्ने निर्णय गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्