२३ जेठ २०८३, शनिबार

राप्रपामा फुट : कमल थापा अदालत जाने, आयोगको निर्णय त्रुटीपूर्ण रहेको दाबी

कात्तिक २०, २०७४
राप्रपामा फुट :  कमल थापा अदालत जाने, आयोगको निर्णय त्रुटीपूर्ण रहेको दाबी


काठमाडौँ, ९ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पशुपति शम्शेर राणा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) लाई दलका रुपमा मान्यता दिने निर्वाचन आयोगको कार्य त्रुटीपूर्ण रहेको बताउनुभएको छ ।
kamal
यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उहाँले आवश्यक सदस्य पु¥याउन नसक्दा पनि राप्रपा (प्रजातान्त्रिक) लाई दलको मान्यता दिइएको आरोप लगाउनुभयो ।

प्रक्रिया पूरा नभएका पार्टीलाई मान्यता दिने नजिर स्थापित भए अन्य दल पनि गलत प्रक्रियाको शिकार बन्ने बताउँदै उहाँले भन्नुभयो, उक्त दलले ६६ सदस्य रहेको भनी आयोगमा दावी गरेकामा पाँच सदस्यको कीर्ते दस्तखत गरिएको चार सदस्य मुलधारको पार्टीमा फर्केका छन् ।’

प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका क्रममा सार्वभौम संसदले संविधान संशोधनको विषयमा निर्णय गरिसकेपछि पनि बहुमत पु¥याई पुन संशोधन गरिने भनी दिएको अभिव्यक्तिले नेपाल र नेपालीको शिर निहुरिएको उहाँको भनाई थियो ।

पार्टीका सहमहामन्त्री राजाराम बर्तौलाले निर्वाचन आयोगले गरेको त्रुटीपूर्ण निर्णयका बिरुद्ध आइतबार अदालतमा निवेदन दर्ता गरिने जानकारी दिनुभयो ।

निर्वाचन आयोगले अदालतको परमादेशपछि राप्रपा (प्रजातान्त्रिक) लाई दलका रुपमा मान्यता दिने निर्णय गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्