
भारतीय क्रिकेटर विराट कोहली र उनकी श्रीमती अनुष्का शर्माले शनिबार बिहान भष्म आरती गरेका छन्।
उनीहरू दुवै शनिबार बिहान महाकाल मन्दिर पुगेका थिए । यहाँ दुवैले बिहान ४ बजे भष्म आरती गरेका थिए । आरतीपछि अनुष्काले भगवान् महाकालको आशीर्वाद पाउँदा निकै राम्रो लागेको प्रतिक्रिया दिइन्।
विराट-अनुष्का डेढ घण्टा नन्दी हलमा बसेका थिए । आरतीपछि दुवै जनाले मन्दिरको गर्भगृहमा गएर पञ्चामृत लिएका थिए।
विराटले घाँटीमा रुद्राक्षको माला लगाएका थिए । उनले टाउकोमा चन्दनको त्रिपुण्ड लगाएर धोती लगाएका थिए भने अनुष्का शर्मा सारीमा देखिएकी थिइन् ।