०९ साउन २०८३, शनिबार

विराट र अनुष्काले भष्म आरती गरे

फागुन २०, २०७९
विराट र अनुष्काले भष्म आरती गरे

भारतीय क्रिकेटर विराट कोहली र  उनकी श्रीमती अनुष्का शर्माले शनिबार बिहान भष्म आरती गरेका छन्। 

उनीहरू दुवै शनिबार बिहान महाकाल मन्दिर पुगेका थिए । यहाँ दुवैले बिहान ४ बजे भष्म आरती गरेका थिए । आरतीपछि अनुष्काले भगवान् महाकालको आशीर्वाद पाउँदा निकै राम्रो लागेको प्रतिक्रिया दिइन्। 

विराट-अनुष्का डेढ घण्टा नन्दी हलमा बसेका थिए । आरतीपछि दुवै जनाले मन्दिरको गर्भगृहमा गएर पञ्चामृत लिएका थिए। 

विराटले घाँटीमा रुद्राक्षको माला लगाएका थिए । उनले टाउकोमा चन्दनको त्रिपुण्ड लगाएर धोती लगाएका थिए भने अनुष्का शर्मा सारीमा देखिएकी थिइन् ।

salt training

कमेन्ट गर्नुहोस्