१५ असार २०८३, सोमबार
नेकपा एसका नेता सरोध उपाध्यायको निधन

कफी शपको छैटौं तलाबाट खसेर माधव नेपालका कान्छा भाइको निधन

फागुन २०, २०७९
कफी शपको छैटौं तलाबाट खसेर माधव नेपालका कान्छा भाइको निधन

नेकपा (एकीकृत समाजवादी) का नेता सरोजकुमार उपाध्यायको उपचारका क्रममा निधन भएको छ । 

आज दिउँसो २ बजेतिर शंखमुलस्थित एक रेष्टुराँको छ तलामाथिबाट खसी उहाँ घाइते भएका थिए।

शंखमुलमा रहेको कफी शपको ६ तलाबाट खसेका उनी बीजुलीको तारमा परेका थिए। त्यसपछि उनी भुँइमा खसेका थिए। शुरूमा उनलाई मीनभवनमा रहेको निजामती कर्मचारी अस्पताल पुर्‍याइएको थियो। 

तर त्यहाँ उपचार हुन नसकेपछि उनलाई माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा लगिएको थियो।

नेता उपाध्याय पूर्वप्रधानमन्त्री एवमं  नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालका कान्छा भाइ हुन्।

उनी ६२ वर्षका थिए। उनका दुई छोरी अमेरिकामा छन्। 

salt training

कमेन्ट गर्नुहोस्