१५ असार २०८३, सोमबार

रेडक्रस पाल्पाको सभापतिमा कार्की

फागुन २०, २०७९
रेडक्रस पाल्पाको सभापतिमा कार्की

नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाको सभापतिमा बाबुराम कार्की निर्वाचित भएका छन् । उनी यसअघि शाखाको वरिष्ठ कार्यकारी अधिकृत रहेका थिए । कार्की अधिकृतको जिम्मेवारीबाट राजीनामा दिएर सभापतिको उम्मेदवार बनेका हुन् ।

       उपसभापतिमा भिमसेन कार्की, महिला उपसभापतिमा विनिता लुुइँटेल र मन्त्रीमा केशवराज नेपाल निर्वाचित भएका छन् । शाखाको कोषाध्यक्षमा सन्तोष खनाल, उपमन्त्रीमा कमलराज भट्टराई, उपकोषाध्यक्षमा सन्तोषकुमार शर्मा नेपाल निर्वाचित भएको शाखाले जनाएको छ ।

 यसैगरी शाखा सदस्यमा शारदाकेशी रायमाझी, मीनाकुमारी राना, भगवती न्यौपाने अर्याल, डा झपेन्द्र ढकाल, राजेश श्रेष्ठ, हरिप्रसाद न्यौपाने, केशवप्रसाद पौडेल, त्रिरत्नलाल शाक्य, भेषराज तिमिसिल्ना, मोतिराज अधिकारी निर्वाचित भएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्