१२ साउन २०८३, मंगलबार

बागलुङका १० पालिकामा उत्कृष्ट बन्यो जैमिनी

फागुन २०, २०७९
बागलुङका १० पालिकामा उत्कृष्ट बन्यो जैमिनी

बागलुङ जिल्लाका १० पालिकामध्ये कार्य सम्पादनमा जैमिनी नगरपालिका उत्कृष्ट भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको हालै सार्वजनिक प्रतिवेदनअनुसार कार्य सम्पादन मूल्याङ्कनमा बागलुङको जैमिनी नगरपालिका उत्कृष्ट भएको छ । 

आयोगले आर्थिक वर्ष २०८०-८१ का लागि वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने प्रयोजनका लागि कार्य सम्पादन मूल्याङ्कनमा जैमिनी नगरपालिका उत्कृष्ट भएको हो । आयोगले स्थानीय तहले प्रविष्ठ गरेको विभिन्न १७ वटा सूचकाङ्कका आधारमा जिल्लाका १० पालिकामध्ये जैमिनी नगरपालिकाले सबैभन्दा बढी अङ्क प्राप्त गरी प्रथम हुन सफल भएको हो । जैमिनी नगरपालिकाले ६७ दशमलब ७३ अङ्क प्राप्त गरेको छ । 

नगरपालिकाले लिएको लक्ष्य, पारदर्शीता, सुशासन तथा कार्य सम्पादनका आधारमा जिल्लाका पालिकामध्ये सबैभन्दा बढी अङ्क प्राप्त गरेको जैमिनी नगरपालिकाका नगर उपप्रमुख हरिहर शर्माले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्