०८ साउन २०८३, शुक्रबार

देशमा पश्चिमी वायुको सामान्य प्रभाव, तीन प्रदेशमा हल्का वर्षाको सम्भावना

फागुन २१, २०७९
देशमा पश्चिमी वायुको सामान्य प्रभाव, तीन प्रदेशमा हल्का वर्षाको सम्भावना

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।
यस्तै दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।  
यस्तै कोशी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन तथा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। 

यस्तै कोशी र बागमती प्रदेशका उच्च  पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।  साथै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा अपरान्हतिर हावाहुरीको सम्भावना रहेको पनि महाशाखाको भनाइ छ । 

यसैगरी देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।  कोशी र गण्डकी  प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको नियमित बुलेटिनमा उल्लेख छ । 

salt training

कमेन्ट गर्नुहोस्