
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले आज विश्वासको मत लिने भएका छन् । सो प्रयोजनका लागि आइतबार दिउँसो १ बजे प्रदेशसभाको बैठक आह्वान भएको छ ।
विश्वासको मतका लागि मुख्यमन्त्री शाहले पछिल्ला दिनमा दलका शीर्ष नेतृत्वदेखि सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीसँग भेटघाट एवं छलफललाई तीव्रता दिँदै आएका छन् ।
केन्द्रमा बनेको दलको समीकरणसँगै मुख्यमन्त्री शाहले प्रदेशसभाबाट सजिलैसँग विश्वासको मत पाउने मुख्यमन्त्रीको सचिवालयको दाबी छ । दलको नयाँ समीकरणअनुसार मुख्यमन्त्रीले प्रदेशसभामा कांग्रेसका १९, माओवादी केन्द्रका सभामुखबाहेक १०, नागरिक उन्मुक्ति पार्टीका सात, एकीकृत समाजवादीका चार सदस्यसहित ४० सदस्यको विश्वासको मत पाउने देखिएको मुख्यमन्त्रीको सचिवालयले दाबी गरेको छ ।
यसअघि एमाले नेतृत्वको सरकारले विश्वास मत नपाएपछि ढलेको थियो भने लगत्तै कांग्रेसका शाह मुख्यमन्त्री बनेका हुन् ।