
अफगानिस्तानको हेरात प्रान्तमा यहाँको सुरक्षा फौजले गरेको सुरक्षा कारबाहीका क्रममा कम्तीमा पनि छ जना आईएस लडाकू मारिएका छन् ।
सो प्रान्तका प्रान्तीय प्रहरी प्रमुख अब्दुल्लाह इनसाफले सो कुराको जानकारी दिएका छन् । उनका अनुसार सुरक्षा फौजले आईएसकाविरुद्धमा गरेको कारबाहीका क्रममा ती लडाकू मारिएका हुन् ।
शनिबार भएको सो कारबाहीका क्रममा मारिनेमा एकजना महिला पनि परेका बताइएको छ ।
प्रवक्ता इनसाफले हेरात प्रान्तको रबट काबुली गाउँमा आइएसले आश्रयस्थल नै बनाएर हिंसात्मक क्रियाकलाप गरेको सूचनाका आधारमा सो कारबाही गरिएको थियो ।
त्यस कारबाहीमा परेर अरू केही लडाका घाइते पनि भएका छन् । उक्त क्षेत्रमा अफगान सरकारको सुरक्षा फौजले खोजी अभियान सञ्चालन गरिरहेको छ ।