१७ असार २०८३, बुधबार

यसरी गर्नुहोस् ऋषिपञ्चमीको पूजा, भगवान शिव प्रसन्न हुनेछन्

कात्तिक २०, २०७४
यसरी गर्नुहोस् ऋषिपञ्चमीको पूजा, भगवान शिव प्रसन्न हुनेछन्

हिन्दु महिलाका लागि तीज पछिको महत्वपूर्ण पर्व हो ऋषिपञ्चमी । त्यसो त ऋषिपञ्चमी पनि तीज पर्वर्क एक अंश भएको भनिन्छ ।

शास्त्रअनुसार १२ महिनाको रजस्वलामा अन्जानवस कति कुरा छोइएको हुन सक्छ । उक्त पापबाट मूक्त हुन भाद्र शुक्ल पञ्चमीको दिन ३६५ वटा दतिवन तोकी माटो तथा गाईको गोबर लगाएर ३६५ पटक नुहाउनु पर्छ र यसको पनि थुप्रै विधिहरू छन ।

तर मूलतः ३६५ वटा दतिवनका डाँठ टोकेर खोलामा बगाउनु, माटो र गोबरले शरीरका सबै अंगहरू सुद्ध गर्नु, चाल्नीमा गनौती ९गनिएका तिलचामल र जौ० राखेर माथिबाट पानी खन्याई छानिएको पानीले नुहाउनु र सप्तऋषीको पूजा गरेपछि महिलाहरू पूर्णरूपमा सुद्ध हुन्छन् भन्ने विश्वास गरिन्छ । ३६५ वटा दतिवन दिनको एउटा ३६५ दिनसम्म टोकेर तीजमा पञ्चमीको दिन खोलामा बगायो भने पनि रजस्वला हुँदाको समयमा भएको पापबाट मोक्ष भइने पनि विश्वाश छ ।

भाद्रपद महिनाको शुक्लपक्षको पञ्चमीका दिन ऋषिपञ्चमीको व्रत सम्पादन गरिन्छ। प्रथमत: सबै वर्ण र व्यक्तिका निमित्त यो व्रत प्रतिपादित थियो, तर हिजोआज अधिकांश नारीहरूले मात्र यस व्रतलाई लिने प्रचलन छ। यस व्रतको प्रसङ्गलाई हेमाद्रि[३] ले ब्रह्माण्ड पुराणलाई उद्धृत गर्दै विशद विवरण उपस्थापन गरेको छ। व्यक्तिले नदी आदिमा स्नानादि सम्पन्न गरी आह्लिक कृत्यसमेत गरेपछि अग्निशालामा प्रवेश गरी सातैजना ऋषिहरूको प्रतिमालाई पञ्चामृतमा स्नान गराई, ती प्रतिमामाथि चन्दनको लेप, कपूर आदि लगाउनु पर्छ, पुष्प, सुगन्धित पदार्थ, धूप, दीप, श्वेत वस्त्र, यज्ञोपवीत, नैवेद्यादि द्वारा पूजा गर्नुपर्दछ र मन्त्रसहित अर्घ्य दिनुपर्दछ।

कश्यपोत्रिर्भरद्वाजो विश्वामित्रोथ गौतम:। जमदग्निर्वसिष्ठश्च सप्तैते ऋषय: स्मृता:। गृह्णन्त्वर्घ्यं मया दत्तं तुष्टा भवन्तु मे सदा॥

— हेमाद्रि (व्रत, भाग १, पृ0 ५७१); स्मृतिकौस्तुभ (पृ0 २१७); व्रतराज (पृ0 २००)

अर्थ: प्तर्षिहरूको नाम र स्थानको क्रम पूर्वादिक्रमले निर्धारित छ, जस्तै - मरीचि, वसिष्ठ, अङ्गिरा, अत्रि, पुलस्त्य, पुलह,क्रतु। साध्वी अरून्धतीलाई वसिष्ठका नजीकै स्थापना गरिएको पाइन्छ।[४]

यस व्रतमा केवल शाकादि(सागपात)को प्रयोग गर्ने विधान छ र ब्रह्मचर्यको पालन गर्न अनिवार्य मानिएको छ। यस व्रतलाई विधिवत् पालना गर्दा समस्त पाप एवं तीनै किसिमका दु:खबाट मुक्ति हुन्छ, तीन किसिमका दु:ख यी हुन्- आध्यात्मिक, आधिदैविक एवं आधिभौतिक।

आध्यात्मिकादि मैत्रेय ज्ञात्वा तापत्रयं बुध:। उत्पन्नज्ञानवैराग्य: प्राप्नोत्यात्यन्तिकं लयम्॥

— विष्णुपुराण ६/५/१

अर्थ: आध्यात्मिक दु:ख भनेका शारीरिक (रोगादि) एवं मानसिक (चिन्ता, ईर्ष्यादि)हुन्, आधिभौतिक दु:ख भन्नाले पशु, मनुष्य, पिशाचादिद्वारा उत्पन्न हुने दुःखलाई मानिन्छ, आधिदैविक दु:खको उत्पत्ति तुषारापात, हावाबतास, वर्षादिबाट उत्पन्न हुन्छ तथा सौभाग्यको अभिवृद्धि हुन्छ। अझ नारीले यस व्रतलाई सम्पादन गर्दा उसले आनन्द, शारीरिक-सौन्दर्य, सन्ततिलाभ, सौभाग्यप्राप्ति तथा दाम्पत्य जीवनमा सुमधुरता-प्राप्ति हुन्छ।

यस व्रतलाई विधिविधान पूर्वक लिन चाहने रजोवती भइ सकेका स्त्रीहरूले गर्ने संकल्प यस्तो छ-

अहं ज्ञानतोऽज्ञानतो वा रजस्वलावस्थायां कृतसंपर्कजनितदोषपरिहारार्थमृषिपञ्चमीव्रतं करिष्ये।।

मैले जानीनजानी रजस्वला भएका बेलामा छोइछिटो र सम्पर्कजन्य दोषबाट मुक्त हुन ऋषिपञ्चमीको व्रत गर्दछु)।

यति सङ्कल्प गरेर अरून्धतीका साथै सप्तर्षिहरूको पूजा गर्नुपर्दछ।[५] व्रतराज[६] का मतमा यस व्रतमा केवल सागपात, साँमा (श्यामाक), कन्द-मूल वा फलको सेवन गर्नु आवश्यक मानिन्छ। यस दिन हलोबाट उत्पन्न भएका अन्न खानु हुँदैन। हिजोआज पुरुषले पनि यस व्रतलाई पालना गर्दछन्, पुरूषकै आग्रहमा समेत कतिपय स्त्रीले छुवाछुतमा संलग्न हुनु पर्दछ, त्यसैले पुरूषले समेत व्रत गर्नु सान्दर्भिक मानिन्छ। वैदिक मन्त्रपूर्वक ऋषिहरूको पूजा गरिन्छ।

उक्त पूजनक्रममा कश्यप,[७], अत्रि,[८], भारद्वाज,[९], विश्वामित्र,[१०], गौतम,[११], जमदग्नि,[१२] एवं वसिष्ठ [१३] तथा अरून्धतीको[१४] पूज गरिन्छ। स्त्रीहरूले आफ्नो मासिक धर्मको प्रारम्भ भएको वर्षदेखि मासिक धर्म बन्द नहुञ्जेल यो व्रत लिनु पर्ने उल्लेख छ, यद्यपि व्रत लिन सुरू गरेपछि कम्तीमा सात वर्षसम्म लिनु अनिवार्य छ। सप्तर्षिको पूजाका क्रममा सातवटा कलशमा छ्ट्टाछुट्टै सातजना ऋषिको सुन वा चाँदीको प्रतिमा राखी प्रतिष्ठा गरिन्छ र अरुन्धतीलाई भने वशिष्ठसँगै स्थापना गरिन्छ।

सातै जना ब्राह्मणहरूद्वारा कार्य सम्पादन हुन्छ। अन्त्यमा निमन्त्रित ब्राह्मणहरूमध्ये मुख्य आचार्यलाई वशिष्ठ र अरुन्धतीको कलश, प्रतिमा, वस्त्रालङ्कार र दक्षिणा एवं अन्य ब्राह्मणहरूलाई बाँकी कलश, प्रतिमा, वस्त्रालङ्कार र दक्षिणा समेत राखी छुट्टाछुट्टै सिधा(सिद्धान्न) प्रदान गर्नुपर्दछ। यदि एउटामात्र कलशको स्थापना गरी सम्पूर्ण ऋषिको प्रतिमा राखिएको छ भने त्यो कलश मुख्य आचार्यलाई र अन्य ब्राह्मणलाई वस्त्रालङ्कार दान गर्नु पर्दछ।

ऋषिपञ्चमी व्रतको निर्णय गर्नुपर्दा भाद्र महिनाको शुक्लपक्षको जुन पञ्चमी तिथि मध्याह्न समयमा हुन्छ, त्यस दिन ऋषिपञ्चमी व्रत हुन्छ, पञ्चमी तिथि टुटेको रहेछ भने चतुर्थीयुक्त पञ्चमीलाई ग्राह्य मानिन्छ। यद्यपि यो निर्णय विवादरहित चाहिँ छैन।[१५] सम्भवत: सृष्टिकालको आरम्भमा ऋषिपञ्चमीको व्रत मानवमात्रबाट हुनसक्ने ब्रह्महत्यादि समस्त पापराशिबाट मुक्तिप्राप्तिका निमित्त गर्ने गरी व्यवस्थित गरिएको थियो, तर पछि यो स्त्रीहरूको मासिक धर्मसँग सम्बद्ध मानिन थाल्यो । यो व्रत भारतको सौराष्ट्र क्षेत्रबाहेक अन्यत्र बसोबास गर्ने समस्त सनातन धर्मावलम्बीहरूले पालना गर्दछन् ।

विकिपीडियाको सहयोगमा

salt training

कमेन्ट गर्नुहोस्