३२ असार २०८३, बिहीबार

‘छक्कापञ्जा ४’को क्लिप टिकटकमा छ्यापछयाप्ती भएपछि साइबर ब्यूरोमा उजुरी

फागुन २१, २०७९
‘छक्कापञ्जा ४’को क्लिप टिकटकमा छ्यापछयाप्ती भएपछि साइबर ब्यूरोमा उजुरी

शुक्रवारदेखि प्रदर्शनमा आएको चलचित्र ‘छक्कापञ्जा ४’को भिडियो क्लिपहरू सामाजिक सञ्जालमा छ्यापछयाप्ती भएपछि साइबर ब्यूरोमा उजुरी परेको छ ।

चलचित्रको डिजिटल अधिकारी किनेको ‘ओएसआर डिजिटल’ले आइतवार दिउँसो साइबर ब्यूरोमा पुगेर उजुरी दर्ता गराएको हो । 

लोकान्तरसँग कुरा गर्दै ओएसआरका प्रबन्ध निर्देशक ओम अग्रवालले चलचित्रको क्लिपहरू बिना अनुमति सामाजिक सञ्जालमा आउनु गलत भएकोले उजुरी दिएको बताए । ‘चलचित्र पाइरेसी भयो । यसरी त हामीलाई ठूलो घाटा लाग्छ । यसलाई कन्ट्रोल गर्नुपर्यो भनेर निवेदन दिएका छौं’ उनले भने, ‘पाइरेसी रोक्ने प्रोसेस गर्ने उहाँहरूले बताउनुभएको छ ।’

दीपकराज गिरी र दीपाश्री निरौलाको समूहले निर्माण गरेको चलचित्र‘छक्कापञ्जा ४’अहिले हलमा आक्रामक व्यापार गरिरहेको छ । चलचित्र हेर्न हलमा दर्शकहरुको भिड् लागिरहँदा टिकटकमा फिल्मको क्लिपहरू छ्यापछ्याप्ती भेटिएका हुन् । 

दर्शकहरुले मोवाइलले खिचेर फिल्मका क्लिपहरूटिकटकमा राखिरहेका छन् ।

हेमराज बिसीको निर्देशन रहेको ‘छक्का पञ्जा ४’मा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, बेनिशा हमाल, बुद्धि तामाङ, राज आचार्य, नीर शाह, निर्मल शर्मा, अनुराग कुवँर लगायतका कलाकारहरूको अभिनय छ ।

राजनीतिक कथालाई रमाइलो तरिकाले चलचित्रमा पेस गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्