२८ असार २०८३, आइतबार

पशुपति शर्माको नयाँ गीत युट्युब ट्रेन्डिङमा

फागुन २१, २०७९
पशुपति शर्माको नयाँ गीत युट्युब ट्रेन्डिङमा

लोकगायक पशुपति शर्माको नयाँ गीत युट्युब ट्रेन्डिङमा अगाडि आएको छ ।

उनले तीन दिनअघि सार्वजनिक गरेको ‘कैले कमाउनी ?’ बोलको गीत यतिबेला युट्युबमा संगीततर्फ ट्रेन्डिङ नम्बर २ मा पर्न सफल भएको हो ।

गत बिहीवार सार्वजनिक गीतमा गायक शर्मासँगै कमला ओली र तिलक ओलीले स्वर दिएका छन् । तिलक ओलीको शब्द एवं संगीत रहेको गीतलाई बिनोद बाजुरालीले एरेन्ज गरेका छन् ।

गीतको भिडियोले आइतवार बेलुकासम्म झण्डै ३ लाख भ्युज पाएको छ । यसको भिडियोमा गायक शर्मा स्वयंमले अभिनय गरेका छन् ।

उनका साथमा कमला ओली, विरेन्द्र ओली, पूर्णिमा जिएम, प्रशान्त परियार लगायतको अभिनय भिडियोमा हेर्न सकिन्छ । 

विरेन्द्र ओलीको निर्देशन, सरद एलजीको कोरियोग्राफी, प्रकाश खड्काको छायाँकन रहेको भिडियोलाई दिपक विष्टले सम्पादन गरेका हुन् । 

कामना ओलीको प्रस्तुति रहेको गीत पशुपति शर्माको अफिसियल युट्युब च्यानलमा हेर्न सकिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्