पात्रो अनुसार पहाडमा भोलि (सोमवार) र तराईमा मंगलवार होली पर्व मनाइँदै छ । एक आपसमा रंग दलेर होली पर्व मनाउने गरिन्छ ।
होलीको पूर्वसन्ध्यामा नेपालमा प्रशारणमा रहेका चर्चित टेलिसिरियलले होली विशेष एपिसोड प्रशारणमा ल्याएका छन् । टेलिसिरियलहरूले होली विशेष एपिसोड तयार पारेर प्रशारणमा ल्याएका हुन् ।
‘हल्का रमाईलो’ले आइतवार होली विशेष एपिसोड प्रशारणमा ल्याएको छ ।
मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’ र राजु पौडेल ‘राजु माष्टर’को लेखन एवं निर्देशनमा यो हास्य टेलिसिरियल तयार हुँदै आएको छ ।
सिरियलमा यी दुईसँगै दर्जन बढी कलाकारहरू देखिँदै आएका छन् ।
अर्को हाँस्य टेलिसिरियल ‘अति भो !’ले पनि आइतवार होली विशेष एपिसोड प्रशारणमा ल्याएको छ ।
सुरज खनालले निर्देशन गर्दै आएको यो सिरियलमा उनीसँगै रियाशा दाहाल, शर्मिला शर्मा, रीता शिवाकोटी, अजय रेग्मी, ईष्टु कार्की लगायतको अभिनय रहँदै आएको छ ।
यता, ‘हर्को हल्दार’को आइतवार प्रशारण एपिसोड पनि होली विशेष छ । इन्द्र दोङ लामाको निर्देशन रहने यो सिरियलमा विष्णु सापकोटा, शिवहरी वैरागी (नेपाल), सुरेन्द्र केसी लगायतको अभिनय रहँदै आएको छ ।